122
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेको संख्याभन्दा निको हुनेको संख्या बढी देखिएको छ । पछिल्लो २४ घण्टामा थप २,०७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै सो अवधिमा थप २,३८२ जना जना निको भएका छन् ।
१३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १,४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको संख्या ३९ हजार ३२१ रहेको छ । थप २,३८२ जना निको हुँदा नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ६ लाख ९५ हजार ९२५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।
previous post