185
बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी रातामाटामा जीप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक सहित अन्य ५ जना घाईते छन् ।
कृष्णनगरबाट सन्धिखर्क तर्फ जादै गरेको लु १ ज ४३२९ नम्बरको जिप दुर्घटना हुदाँ घटनास्थलमै ३ जनाको मृत्यु भएको हो ।
जीप सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
घाईतेमध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
previous post