129
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ३,६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६११ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३,४५१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९३ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ५६ र ५,५१८ जनाको एन्टीजेन परीक्षण गर्दा ८८५ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २,४५८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ ।