195
			
		
		
			
            
				            
			
			        
    बुटवल।रुपन्देहीमा लागु पदार्थ कारोवार गरेको आरोप एक महिला पक्राउ परेकी छिन। रुपन्देही प्रहरीले रोहिणि गाउँपालिका – ३ धइधईकि सन्ध्या मिश्रलाई लागू औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले बताएको छ।
लागू पदार्थ कारोबार भैरहेको छ भन्ने गोप्य सुचनाको आधारमा बाटोमा हिडिरहेको अवस्थामा चेक गरि जाच गर्दा उनको साथबाट लागु औषध सहित पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए।
उनको साथबाट प्लास्टिकको पुरियामा रहेको ६८ थान (७० ग्राम ५ सय मिलिग्राम ) ब्राउन सुगर जस्तो धुलो पदार्थ फेला गरेको प्रहरीले बताएको छ। अहिले अनुसन्धान भैरहेको प्रहरीले बताए ।
			        

												
														

