117
काठमाडौं । नेपालमा फेरि मनसुन सक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक परेका कारण पुनः वर्षा सक्रिय बनेको मौसमविदले बताएका छन् । आज (शनिबा) दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान शाखाले दिएको जानकारी अनुसार प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।