एक सातामा श्रीनिवासका दुई वटा थारु गित सार्वजनिक

by समतल अनलाइन
Shares

बुटवल। पत्रकरिता र साङ्गितीक क्षेत्रमा काम गर्दै आएका गायक श्रीनिवास थारुले एक पछि अर्को धमाकेदार गित ल्याएका छन।
`चोरी चोरी से´बोलको गित एक हप्ताअघि भिडियो सार्बजनिक गरेका उनी नाग पन्चमीको दिन पारेर अर्को `लेहङावाली के चक्करमे´ गित सावर्जनिक गरेका छन।
उनको पहिलो गितमा थारु सुपर स्टार नरेश चौधरी र छोटो समयमै निकै नै चर्चा बटुल्न सफल मोडल मधु चौधरीको युगल जोडिले नृत्य गरेका छन। स्वरमा भने श्री निवासलाई चर्चित गायिका अन्नु चौधरीले साथ दिएकी थिईन। सेबिल ईन्टरटेन्मेन्ट च्यानलले निर्माण गरेको सो गित रिलिज भएको एक सातामा २ लाख बढी पटक हेरिएको छ। गितका निर्माता अमेरिका निवासी कलाकार तथा समाजसेवी लोकेन्द्रराज चौधरी रहेका छन।
नाग पन्चमीसंगै थारु समुदायको गुरही पर्वको अवसर पारेर `लेहङावाली के चक्करमे´ बोल को गित सार्वजनिक गरेको चौधरीले बताए। यो गितमा पनि चर्चित गायिका अन्नु चौधरीले साथ दिएकी छिन । एक बर्ष अघि लेहङ्गा वाली ओए छैली गित को भाग २ को रुपमा यो गितलाई प्रस्तुत गरिएको उनले बताए। उमेश मुस्कानको शब्द सङ्गित, केशव बडुको सङ्गित संयोजन रहेको गितलाई बिक्रम चौहानले निर्देशन गरेका छन। कपिलवस्तु का बिष्णु चौधरी र दाङ्ग देउखुरी कि सिरु चौधरीले यो गितमा डेब्यु गरेका छन। टिकटकमा निक्कै भाईरल भैरहेको यो गित पनि सेबिल ईन्टरटेन्मेन्ट च्यानलमार्फत युट्युबमा रिलिज गरिएको छ।

You may also like

This will close in 0 seconds