106
काठमाडौं । नेपालमा फेरि मनसुन सक्रिय भएको छ । हाल (शुक्रबार बिहान) प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ भने बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । यस क्रममा प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ ।

यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश– १, प्रदेश–२, बागमतीका थोरै र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना पनि छ ।