93
बुटवल।रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई जबरजस्ती करणी उद्योगको आरोपमा दिउँसो ३ बजे पक्राउ गरेको हो ।
बुधबार शुक्लाविरुद्ध पीडित महिलाले उजुरी दिएकी थिईन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डीएसपी सत्यनारायण थापाले शुक्ललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिए ।
पीडित महिलाको उजुरीको आधारमा प्रहरीले उनलाई बिहीबार दिउँसो कार्यालय आसपासबाट पक्राउ गरेको हो ।