94
बुटवल । लुम्बिनी प्रदेशका फेरि जसपाका २ मन्त्रीले राजिनामा दिने भएका छन । शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका उद्योग वन मन्त्री कल्पना पान्डेय र कृषि मन्त्री बिजय बहादुर यादवले राजिना दिने बताइएको छ।
बिजय बहादुर यादव बाहिर भएको र कल्पना पाण्डेय अस्पतालमा भएकाले राजिनामा बुझाउन ढिला भएको जानकारी दिएका छन ।

यश अघि भौतिक पुर्वाधार विकास मन्त्री सन्तोष पान्डेयले राजिनामा दिइसकेका छन। उनिहरु तिनै जना जसपाको ठाकुर समुहबाट सरकारमा गएका थिए।