निरु थापा
बुटवल।अन्तराष्ट्यि संहयोगी संस्था युएसएआईडी द्धारा संचालित कार्यक्रम सुआहाराले नेपाल सरकारले घोषण गरेको साप्ताहिक मास्क प्रवद्र्धन अभियानलाई थप संहयोग पुराउने उद्देश्यले आज मास्क अभियान सुरु गरिएको छ । कोरोना सङ्क्रमणको रोकथामका लागि मास्कको महत्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गरेको सुआहारा लुम्विनी प्रदेश संयोजक भरत शर्माले जानाकारी दिनु भयो । ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छ , म जिम्मेवार नेपाली’ भन्ने नाराका साथ सुरु भएको अभियानमा कोरोना सङ्क्रमणबाट बच्न मास्क लगाउने व्यवहारको विकासका लागि समुदायस्तरमा जनचेतनामुलक कार्यक्रम गरी सुआहराले बिगत देखि नै ल्म्विनी प्रदेशका सम्पूर्ण जिल्लाका साथै नेपालका ४२ जिल्लामा यो अभियान संचालन गरिरहेको छ । ३० जना कर्मचारीको सहभागितामा भएको मास्क प्रबद्र्धन अभियानमा बाटोमा मास्क नलगाई हिडेका नागरिकलाई मास्क लगाउन सिकाउँदै , मास्क के हो , मास्क किन लगाउने ,मास्क नलनगाउदाँका जोखिम के हुन सक्छ भन्ने जानाकारी दिदै सचेत र सुरक्षित रहन् अनुरोध गदै बुटवलको गोलपार्क देखि सुरु भएको अभियान ट्राफिकचोक लाईन, अस्पताल लाईन हुदै पुन गोलपार्क फर्किएको हो । सो अभियानमा करिब २५०० थान मास्क वितरण गरिएको सुआहारा कार्यक्रमका लुम्विनी प्रदेश संयोजक भरत शर्माले जानाकारी दिनु भयो । सुआहारा युएयसआईडीको एक कार्यक्रम हो । जुन विभिन्न बुहु क्षेत्रीय , राष्ट्यि तथा स्थानीय सरकारी एजेन्सीहरुको माध्यमबाट मातृत्व पोषण, कृषि, स्वच्छता, र स्वास्थ्य सेवाको क्षेत्रमा काम गदै आएको छ ।
सुआहाराद्धारा मास्क प्रवद्र्धन अभियान सुरु
78