139
काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेकी छिन् ।
मन्त्रिपरिषद्को बैठक सोमबार ४ बजे बोलाइएको छ । आजको बैठकको नियमित एजेण्डामा यो छैन । तर मन्त्री भुसालले भने हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने गरी मन्त्रालयमा तान्ने र घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव तयार पारेको स्रोतले बताएको छ ।
previous post