174
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पात्र र दल फेरिँदैमा देशको सुधार नहुने बताए ।
‘पछिल्लो राजनीतिक परिवर्तनपछि देश जुन बाटोमा अघि बढ्यो त्यसले देशमा शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न सकेन । अब विचार नै परिवर्तन गर्न जरुरी छ’, उनले भने ।
previous post