120
काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४९३ जनाको पीसीआर परीक्षणमा २ हजार ४३० र ६ हजार १८२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार २९९ जनामा कोरोना पुष्टि भएको छ ।