134
नयाँदिल्ली। भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । पछिल्लो ५ दिनमध्ये ४ दिन ४० हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् । बिहीबार पनि ४५ हजार १ जना सङ्क्रमित फेला परे । यो आँकडा ७ जुलाईपछि सबैभन्दा बढी हो । त्यतिबेला ४५ हजार ७०१ जना सङ्क्रमित फेला परेका थिए ।
बिहीबार ४० हजार ८९७ सङ्क्रमित निको भएका छन् भने ४६५ जनाको मृत्यु भएको छ । बिहीबार सबैभन्दा धेरै केरलमा २२ हजार ४० सङ्क्रमित फेला परेका छन् । महाराष्ट्रमा सबैभन्दा बढी १२० जनाले ज्यान गुमाए । महाराष्ट्रमा पनि ९ हजार बढी सङ्क्रमित फेला परेका छन् ।
previous post