127
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पत्र निःशुल्क दिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार एक सूचना जारी गारी गरी यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले जारी गरेको सूचनामा खोप लगाएको प्रमाणपत्र दिँदा केही अस्पतालहरुले शुल्क लिने गरेको भन्दै त्यसो नगर्न निर्देशन गरिएको छ । वैदेशिक रोजगारी एवं अन्य कामको सिलसिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नेले कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पत्र पेस गर्नुपर्ने नियम छ ।
previous post