142
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २,५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,४०२ पीसीआर परीक्षणमा १,९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २,५६८ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप २ हजार २० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।
आइतबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । तीमध्ये ९,८७५ जनाको मृत्यु भएको छ भने ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भएका छन् ।