168
मनाङ । असार पहिलो साता धार परिर्वतन गरेको मर्स्याङ्दी नदी बल्ल पुरानै ठाउँबाट बग्न थालेको छ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीमाथिको एक मात्र मोटरेबल बेलिब्रिजमुनि ठूलाठूला ढुंगामुढा, गिटी, बालुवा थुप्रिँदा बहाव रोकिएर नदीले धार परिर्वतन गरेको थियो । खोलाले दायाँ बायाँ धार परिर्वतन गर्दा धेरै क्षति भएको थियो ।
असार ५ गते बाढीले बगाएर ल्याएका ढुंगामुढा पुलमुनि अड्किएका थिए । ४० दिनपछि ती ढुंगामुढा हटाएर नदीलाई पुरानै लयमा फर्काउन सकिएको चामे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताए । पुलमुनि ठूलाठूला ढुंगा र काठका मुढा तथा गिटी, बालुवा थुप्रिएको थियो ।
previous post