115
बैतडी । काम गरिरहेका बेला आएको बाढीले बगाउँदा भारतमा एक नेपाली मजदुरको ज्यान गएको छ । बाढीमा थप एक नेपाली मजदुरसहित ६ मजदुर बेपत्ता भएका छन् । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–६ गौकुरा घर भई हाल कञ्चनपुर बस्ने ३८ वर्षीय धनसिंह भण्डारी (मगन) रहेका छन् ।
शुक्रबार बिहान भारतको सिलुगढीको सिक्किमस्थित लेक पहाडी डाँडा भएर आएको खोलाले बगाउँदा भण्डारीको मृत्यु भएको भाइर सुरेन्द्र भण्डारीले जानकारी दिए । सुरुङ निर्माणको काममा रहेका भण्डारीको ड्युटीमै रहेका बेला बाढीले बगाएको हो । विगत १५ वर्षदेखि भारतमा मजदुरी गर्दै आएका मृतक भण्डारीका श्रीमती, तीन छोरी र एक छोरा छन् ।