143
काठमाडौं । जापानको टोकियोमा जारी ओलम्पिकअन्तर्गत नेपाली समयाअनुसार आज बिहान भएको दौड प्रतियोगितामा सरस्वती चौधरीले सामान्य प्रदर्शन गरेकी छन् ।
चौधरीले महिला १ सय मिटर दौडमा हिट २ मा दौडिँदै निर्धारित दूरी १२.९१ सेकेण्डमा पूरा गरेकी हुन् । आफ्नो हिटमा रहेका ९ जनामध्ये उनले आठौं स्थान लिएकी हुन् । योसँगै उनको सहभागिता हिट चरणमै सीमित भएको छ । उनी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् ।
यसअघि सन् २०१९ मा कतारमा सम्पन्न विश्व च्याम्पियनसिपमा १२.७२ सेकेण्ड र त्यसपछि १३औं सागमा १२.५५ सेकेण्डको समयमा निर्धारित दूरी पार गरेकी उनले यसपटक आफ्नै उत्कृष्टतामा पनि सुधार गर्न सकिनन् ।
previous post