नक्कली सुन बेच्न हिंडेका कालीगढसहित ७ जना पक्राउ

by समतल अनलाइन
142Shares

पोखरा । कास्की प्रहरीले नक्कली सुन बेच्न हिंडेका एक सुनका कालीगढसहित ७ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमध्ये एक जना पोखराको सिर्जनाचोकमा रहेको पर्वत सुनचाँदी पसलमा कालीगढको काम गर्ने भुवन विकसहित पर्वत रुघुगंगा गाउँपालिका–३ राखुकी ४२ वर्षीया विमला परियार, पोखरा–२ मिरुवाका ४२ वर्षीय गणेशबहादुर दर्जी, रामेछापको सुकाजोर नगरपालिका–७ का अनिल भुजेल, सर्लाहीको बागमती नगरपालिका–१ का ईन्द्रबहादुर बलमपाकी, चितवन टाँडी–२ का भुवन विक र चितवन राप्ती–९ का प्रकाश परियार रहेका छन् ।

उनीहरुबाट प्रहरीले सुन जस्तै पहेंलो देखिने ६५४ ग्राम धातु बरामद गरेको छ । नक्कली सुन बेच्न हिंडेको सूचनाको आधारमा प्रहरीले विमलाको पोखरा–२ मिरुवामा रहेको कोठाबाट सो धातु बरामद गरेको हो ।

Comments

You may also like