121
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनु पर्ने खाँचो औंल्याएकी छन् । नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आज आयोजित सम्मान कार्यक्रममा उनले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताइन् ।
अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरिबले जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक भएको उनले बताइन् ।
previous post