148
काठमाडौं । टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज (बुधबार) प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिलाको १ सय मिटर फ्री–स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।
गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ । गौरिका हिट वानमा रहेकी छिन् । यस हिटमा नेपालसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् । सिंह १३ औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता पनि हुन् ।
previous post