127
झापा। झापाको विर्तामोड नगरपालिका–२ का दुई युवतीलाई भारतको मोतिहारी जिल्लाको छौडादानीबाट उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २१ वर्षीया युवती र उनकी १५ वर्षीया बहिनीलाई प्रहरीले माइती नेपालको सहयोगमा भारतबाट उद्धार गरेर नेपाल ल्याएको हो । वीरगञ्ज प्रहरीको सहयोगमा उद्धार गरिएका दुवैलाई हाल वीरगञ्जस्थित माइती नेपालको उद्धार केन्द्रमा राखिएको छ ।
उनीहरुलाई विर्तामोडकै लक्ष्मी दास र सुनसरीको इटहरी बस्ने खुस्बुले ललाइफकाइ एक हप्ता अघि भारतको मोतिहारी पु¥याएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
previous post