141
सुर्खेत । कालिकोटमा नम्बर नखुलेको मिनी ट्रक कर्णाली नदीमा खस्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।
दुर्घटनामा ठेगाना नखुलेका ट्रक चालक दीपक साउद र सहचालक बाजुरा घर भएका ३२ वर्षीय रमेशबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चक्र शाहीले जानकारी दिए । कर्णाली राजमार्गमा पर्ने कालिकोटको शुभकालिका गाउँपालिकास्थित एस मोड भन्ने ठाउँबाट ट्रक कर्णाली नदीमा खसेको हो ।