140
बुटवल । रुपन्देहीमा थप ३६ जना कोरोना संक्रमण पुष्टि भएको छ।३३४ जनाको कोरोना परिक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १५ , तिलोत्तमा नगरपालिकाका ११, देबदह नगरपालिकका ३ , शुद्दोधन गाउँपालिकामा १ , सैनामैना नगरपालिका , ओमसटिया गाउँपालिकामा र कन्चन गाउँपालिकामा २/२ जना संक्रमित थपिएका हुन्।