123
अर्घाखाँची। बिजुलीबाट चल्ने मिल चलाउने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । छत्रदेव गाउँपालिका–६, ठुलापोखराका ४८ वर्षीया कमला रानाको आफ्नै घरमा रहेको बिजुलीबाट चल्ने मकै पिस्ने जाँतो चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् ।
जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए । शव पोस्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइएको र थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।
