92
बुटवल । रुपन्देहीमा थप ४६ जना कोरोना संक्रमण पुष्टि भएको छ। ४५६ जनाको कोरोना परिक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २४, तिलोत्तमा नगरपालिकाका १४, देबदह नगरपालिकका ४, सिद्धार्थनगर नगरपालिकाका २, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा १र१ जना संक्रमित थपिएका हुन्।

अद्यावधिक विवरण र पछिल्लो २४ घण्टामा गरी जिल्लामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । हालसम्म जिल्लामा ५१३ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३६३ रहेको छन्।