बुटवल ।नेकपा एमाले बुद्धभुमी ३ को वडा कमिटीको बैठक सम्पन्न भएको छ ।
प्रदेश सल्लाहकार परिषद सदस्य कमरेड इन्द्रमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता धर्मराज गैरेले गरेका थिए।

कार्यक्रममा जिल्ला सचिवालय सदस्य एवं नगर इन्चार्ज पिताम्बर खनाल, जि. स.स. एवं नगरकमिटी अध्यक्ष देबि बेल्बासे, जि.स.स. एवं बुद्धभुमी ३ का जननिर्वाचित वडा अध्यक्ष गोबिन्द प्रसाद आचार्य बिकास , जि. स. स. नगरकमिटी सचीव गोकर्ण पोखरेल, अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य पारस मरासिनी लगाएतका नेकपा एमालेको पार्टी जीवन, साढे ३ बर्षमा केपि शर्मा ओलि नेतृत्वको सरकारले गरेका बिकास र समृद्धिको यात्रा , पार्टी भित्रको अन्तर कलह, वडा र नगरमा नेकपा एमालेको अवस्था तथा वडामा भएका बिकास निर्माणका गतिबिधी र पार्टी भित्र रहेका असमझदारी लगाएतका विविध बिषयमा छलफल तथा बिचारको आदानप्रदान भएको थियो ।
त्यस्तै पार्टी संगठित सदस्यता नवीकरण र भदौ महिनामा हुँदै गरेको वडा र नगर अधिबेशनको बारेमा समेत अन्तरक्रिया भएको थियो ।