114
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलको जहिले आलोचना मात्र गर्दै आएका सूर्य थापाले यस पटक भने प्रशंसा गरेका छन् ।
‘म ढलेको होइन, प्रचण्डको एमाले ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको हुँ–भीम रावल,’ एमाले केन्द्रीय सदस्य थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘चार वर्षयताकै सबभन्दा सही र यथार्थ भनाइ ।’ यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका थापाले रावलको जतिखेर पनि आलोचना गर्ने गर्थे ।
