90
काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल) जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेड काउण्ट’ रोक्न माग गर्दै महन्थ ठाकुर पक्षले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
योसँगै निर्वाचन आयोगलाई विवाद निरुपणको फैसला सुनाउन बाटो खुला भएको छ । जसपा आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइको क्रममा आयोगले पार्टी एकीकरणको बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई साउन ११ गते (भोलि) सनाखतका लागि झिकाउने निर्णय गरेको थियो ।
