135
बुटवल। बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा तालाबन्दी गरेका छन्। चार विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन। चार विद्यार्थी संघमा नेपाल विद्यार्थी संघ , अखिल (क्रान्तिकारी) ,अखिल (छैठौ ) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा तालाबंदु गरेका हुन।
प्रवेश परीक्षा फाराम खुलाई एमबिएसलाई निरन्तरता नदिएसम्म अनिश्चितकालका लागि ताला लगाइएको विद्यार्थी संगठनले जनाएका छन्। यस अघि उनीहरुले प्रेस विज्ञप्ती मार्फत २४ घण्टे अल्टिमेटम दिँदै तत्काल फारम खुलाउन माग गरेका थिए। तर ४ दिन बितिसक्दा पनि क्याम्पस प्रशासनले उक्त मागलाई बेवास्ता गरेकाले तालाबन्दी गरेको विद्यार्थी संगठनहरुले बताएका छन्।
previous post