ओलीले अहिले नेपाललाई एमालेको दोस्रो अध्यक्ष बनाउँछु भनेका होइनन् : शंकर पोखरेल

by समतल अनलाइन
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकताका लागि हदैसम्मको लचकता अपनाउँदै वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन पनि तयार रहेको खबर सार्वजनिक भइरहेका बेला यस पार्टीका नेता शंकर पोखरेलले भने फरक प्रतिक्रिया दिएका छन् ।

ओली पक्षीय नेता उनले अध्यक्ष ओलीले अहिलेको सन्दर्भमा होइन, अदालतको फैसलापूर्व (प्रतिनिधि सभा पुनःस्थापना पहिले) को सन्दर्भमा भनिएको र अहिलेको सन्दर्भमा भनिएको होइन भनेर त्यो अहिले लागू नहुने संकेत गरेका हुन् ।

‘माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु ः ओली’ शीर्षकको समाचार शेयर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले फेसबुकमा स्टाटस लेखेका छन्, ‘अदालतको फैसलापूर्वको सन्दर्भमा भनिएको कुरालाई आजको सन्दर्भमा भनेको भनेर नराखेको भए हुन्थ्यो ।’

You may also like