119
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १,४१५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै सोही अवधिमा २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा २,८३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यस्तै काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना गरी ६९७ जनामा संक्रमण पुष्टि भएको उनले बताए । हाल देशका १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् ।
previous post