219
			
		
		
			
            
				            
							                    
							
			        
    तनहुँ। तनहुँमा एक युवकको शव फेला परेको छ । असार २९ गतेदेखि हराइरहेका भानु नगरपालिका–१३ का २४ वर्षीय गोपाल गुरुङको शव मादी नदीमा फेला परेको जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए ।
व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा गुरुङको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव सनाखत गरेर परिवारलाई बुझाइएको गुरुङले जानकारी दिए ।
 
			        

 
												 
														

