खोप खरिदका लागि अग्रिम भुक्तानी दिएको ५ महिनासम्म भारतले खोप पठाएन

Shares

काठमाडौं। फागुनमा नेपाल सरकारले २० लाख मात्रा खोप खरिदका लागि अग्रिम भुक्तानी गरेपनि भारत सरकारले १० लाख मात्रा पठाएपछि बाँकी १० लाख मात्रा अहिलेसम्म पठाएको छैन् ।

भारतीय सेनाले नेपाली सेनाका लागि भनेर १ लाख मात्रा निशुल्क खोप उपलब्ध गराएको छ । विश्व स्वास्थ्य संगठनको समन्वयमा कोभ्याक्सअन्तर्गत ३ लाख ४८ हजार मात्रा कोभिशिल्ड निःशुल्क उपलब्ध गराएको थियो ।

त्यसै गरी चीन सरकारले दुईपटकक गरी १८ लाख मात्रा निशुल्क उपलब्ध गराएको थियो । सरकारले चीनसँग ४० लाख मात्रा खरिद गरेकोमा ८ लाख मात्रा पहिलो खेपमा आइसक्यो भने अन्य खोप आउने क्रम जारी रहेको जनाएको छ ।

गत असार २० गतेसम्म पहिलो मात्रा खोप लगाउनेको संख्या २६ लाख ११ हजार ८ सय ७ रहेको छ भने दोस्रो माा १० लाख ४१ हजार ३६६ जनाले लगाएको स्वास्थ्य मन्त्तालयले जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट

 

You may also like