बाबुराम भट्टराई भन्छन्, ‘केपी ओली कमल थापालाई खुशी पार्दैछन्’

by समतल अनलाइन
Shares

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले एमालेको केपी ओली खेमा अब न्यायपालिकालाई ध्वस्त पार्ने गरी अघि बढेको आरोप लगाएका छन् ।

डा. भट्टराईले ओली खेमा कार्यपालिका र व्यवस्थापिकलाई ध्वस्त पारेपछि अब न्यायपालिकामाथि खनिएको बताएका हुन् । सर्वोच्च अदालतले २८ असारमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी दिएको परमादेशविरुद्ध एमालेले देशव्यापी भण्डाफोर अभियान चलाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको सन्दर्भमा नेता भट्टराईले सामाजिक सञ्जालमार्फत अब एमाले न्यायपालिका ध्वस्त पार्ने अभियानमा जुटेको आरोप लगाएका हुन् ।

‘खड्गप्रसाद एण्ड कम्पनीलाई कार्यपालिका र व्यवस्थापिका मात्र ध्वस्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ !’, भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘जो चोर उसको ठूलो स्वर भनेझैं संविधानसभाले विशेष व्यवस्था गरेको धारा ७६ (५) ले निर्दलीयता ल्याउने हौवा पिटिरहेछ त्यसो भए कमल थापाहरू खुशी हुनुपर्ने हैन र ?’

 

You may also like

This will close in 0 seconds