209
			
		
		
			
            
				            
			
			        
    बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा साउनको १५ गतेसम्म हुने भएको छ।
आज बसेको डिसिएमसिको बैठकले सवारी साधनमा जारी जोरबिजोर प्रणाली हटाएर केही खुकुलो बनाई साउन १५ गते सम्म लकडाउनलाई कायम राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिए।
व्यापार व्यवसाय अब जतिबेला पनि सञ्चालन गर्न पाईने साहयक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
यस्तै विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा एउटा कक्षामा २५ जना भन्दा धेरै राख्न नपाउने गरी सञ्चालन गर्न अनुमति दिने निर्णय भएको पाण्डेले बताए ।
			        

												
														

