151
कञ्चनपुर। कञ्चनपुरमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । भीमदत्त नगरपालिका–१० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले सामान्य विवादकै क्रममा कुटपिट हुँदा लुहारको मृत्यु भएको खुलेको बताए । बुधबार राति लुहारकै भाञ्जा २२ वर्षीय गिरधारी लुुहारले वीररामलाई कुटपिट गरेका थिए । भाञ्जाकै कुटाइबाट उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
previous post