224
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानामन्त्री केपी शर्मा ओलीले जनादेशबाट नभएर अदालतको परमादेशबाट आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन् ।
बालुवाटार छाडेर निवास बालकोट पुगेका ओलीले अदालतले प्रधानमन्त्री तोकेर विश्वमा कहीं नभएको जात्रा देखाएको आरोप लगाएका छन् । ‘तीन वर्षको सफल कार्यकाल पूरा गरेर, जनादेशबाट होइन, परमादेशबाट, अदालतबाट अकारण कुनै गल्ती गरेर होइन । काम गर्न नसकेर होइन । नेपालको स्वाभिमान उठाएर काम गर्दागर्दै जालीझेलीहरुको जालझेलस्वरुप अदालतमा मुद्दा हालेर असंवैधानिक फैसला, जनादेशविपरीत कुनै मूल्यांकनको आधारमा होइन जनतामा जान नदिएर, जनताको बाटो छेकेर अदालतबाट प्रधानमन्त्री तोक्ने नजिर, विश्वमा कहीं नभएको नजिर कायम गरियो’, ओलीको भनाई थियो ।
previous post