127
मोरङ। मोरङमा नवजात शिशुको हत्या अभियोगमा आमासहित परिवारका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ २७ गते मोरङको रंगेली नगरपालिका ५ आँपगाछीकी २५ वर्षीया खुस्वु मण्डलले छोरी जन्माएकी थिइन् । तर उनले बच्चीलाई ब्ल्याङकेटले घाँटी थिची हत्या गरेको र उनका बुवाले संचालन गरेको रंगेली ५ स्थित चाँदनी चोकमा रहेको मदिरा पसलभित्र खाल्डो खनी गाडेको प्रहरीले जनाएको छ ।