211
			
		
		
			
            
				            
			
			        
    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रवृत्ति सच्याएर सहकार्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब थोरै सच्चिएर सहकार्य गरौं सम्माननीय राष्ट्रपति ज्यू । पत्र सच्चिनेको कुरा मात्रै होइन प्रवृत्ति सच्चिने प्रधान कुरा हो ! सर्वोच्च फैसलाले ‘सरकार बदल्न’ मात्र होइन, यहाँ संरक्षकलाई बदलिन समेत आदेश दिएको विषयलाई विनम्रसँग आत्मसात गरौं ।’
कांग्रेस सभापति शेरबहादुरलाई प्रधानमन्त्री नियुक्ति गरिएको पत्रमा संविधानका धारा उल्लेख नगरिएको भन्दै शपथमा ढिलाइ भएको छ । राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको पत्रमा संविधानको कुन धारा अनुसार नियुक्त गरिएको भन्ने उल्लेख छैन । यसै विषयमा प्रवक्ता शर्माले आफ्नो प्रतिक्रिया जनाएका हुन् ।
 
			        

 
												 
														

