118
सिरहा। अटोमेटिक पेस्तोलसहित सिरहामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका–१० पिपरा टोल बस्ने २६ वर्षीय रामकुमार यादव र सोही ठाउँ बस्ने २२ वर्षीय रूपेस यादव छन् ।
गोलबजार नगरपालिका–९ स्थित आँपको बगैंचाबाट मेडइन इटाली लेखिएको १ थान अटोमेटिक पेस्तोल, त्यसको १ थान म्याग्जिन, २ राउण्ड गोली र २ थान मोबाइल सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
previous post