142
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेभन्दा संक्रमित हुने दोब्बर देखिएका छन् । यो अवधिमा १,१३३ जना संक्रमित उपचारपछि निको भएका छन् भने २,३७० संक्रमित थपिएका छन् ।
११ हजार ५८४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । आज १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ ।
