126
काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको प्रतिक्रिया जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको व्याख्या गर्दै अदालतले संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका हुन् । नेता थापाले कसैलाई अदालतको आदेश मन नपरे असहमत हुन सकिने तर अस्वीकार गर्न नसक्ने समेत बताएका छन् ।

‘अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ, तर अस्वीकार गरिंदैन, उनले फेसबुकमा लेखेका छन्, ‘उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्यवनमा बाधा पु¥याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं । नत्र भीरबाट खस्नेलाई रामराम ।’