99
काठमाडौं। सर्वोच्चको फैसलासँगै विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ । सर्वोच्च अदालतको आदेशपछि विपक्षी गठबन्धनको बैठक एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बस्न लागेको हो ।
कांग्रेस सभापति शेबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेपछि विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो । देउवाका स्वकीय सचिव भानु देउवाले ५ बजे गठबन्धनको बैठक बस्न लागेको जानकारी दिएका छन् । ‘५ बजे पूर्व प्रधानमन्त्री तथा गठबन्धनका नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक बस्न लागेको छ,’ उनले भने ।
