बुटवल । पश्चिम क्षेत्रकै पुरानो तथा चर्चित लियो क्लब अफ बुटवलले बर्षभरी गरिने बिभिन्न सामाजीक कामहरु सार्बजनीक गरेसगै रक्तदान कार्यक्रमबाट आफ्नो अभियानलाइ तिब्रता पारेको छ ।
बर्ष २१ ÷२२ का अध्यक्ष रमेश न्यौपानेका अनुसार मंगलबार सम्पन्न रक्तदान कार्यक्रममा १०१ पिन्ट रगत संकलन गरिएको छ । क्लबका डेपुटी चिफ एम.जे.एफ लायन अर्जुनमान सैजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा लायन्स क्लब अफ बुटवलका अध्यक्ष लोकप्रसाद खरेल,लायनेस क्लबका अध्यक्ष पुष्पा श्रेष्ठ, लियो जिल्ला परीषद ३२५ बि टुका भाइस डिस्ट्रिक प्रेसिडेन्ट लियो एम.डी. न्यौपाने, लियो जिल्ला परीषद ३२५ बि टुका ट्रेजर लियो गोबिन्द बन्जाडे, लियो सल्लाहाकार सन्जय जयसवाल, रिजन चेयर पर्सन लियो दृश्य बराल, लियो क्लबका पुर्व अध्यक्ष बिजय बर्नवाल, निर्वतमान अध्यक्ष हिमालय भुषाल,महेश खनाल, अबिनाश श्रेष्ठ लगायतले बोल्दै बार्षीक कार्यक्रमलाइ सफल तुल्याउन आ आफ्नो क्षेत्रबाट सहयोग रहने बताएका थिए ।