214
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट थप ४३ हजार ७३३ जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ५९ हजार ९२० पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या थोरै भएको १०२ दिनपछि पहिलो पटक भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म कुल सङ्क्रमित मध्ये १.५ प्रतिशत मात्रै अहिले सक्रिय सङ्क्रमित रहेका हुन् । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको संख्या दुई करोड ९७ लाख ९९ हजार ५३४ रहेको छ । ती मध्ये ४७ हजार २४० जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् ।
previous post