सुजिता भण्डारी मृत्यु घटना : पूर्वी चितवनको राजमार्ग क्षेत्रमा कर्फ्यू

by समतल अनलाइन
Shares

चितवन। चितवनको राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा राजमार्ग क्षेत्रमा कर्फ्यू लगाएको छ ।

चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका छन् । मंगलबार अपराह्न सुजिता भण्डारी मृत्यु घटनामा प्रशासन संवेदनशील नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका थिए । उनीहरूले राजमार्ग अवरुद्ध पारेर टायर बाल्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनले उग्ररूप लिएपछि केहीबेर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो ।

आक्रोशित बनेका स्थानीयको प्रदर्शन थप बढपछि राति साढे ७ बजेदेखि २४ घण्टाका लागि लगाइएको हो । प्रदर्शनकारीले सुजिताको हत्या भएको भन्दै दोषीलाई तत्काल पक्राउ गरेर सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । असार ११ गतेदेखि हराएकी सुजिता गत आइतबार मृत अवस्थामा भेटिएकी थिइन् ।

You may also like

This will close in 0 seconds