213
			
		
		
			
            
				            
			
			        
    काठमाडौं। युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज (मंगलबार) राति इटली र स्पेन खेल्दै छन् । इङल्याण्डको वेम्बली मैदानमा खेल राति पौने १ बजे शुरु हुनेछ ।
इटली र स्पेनबीचको विजेताले फाइनलमा इङल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्ने छ । इङल्याण्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति हुनेछ । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । स्पेनले क्वार्टर फाइनलमा स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।
 
			        

 
												 
														

