142
रुकुम। रुकुम पश्चिमा शुक्रबार साँझ दुई समूहबीच झडप हुँदा दुई जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका–३ , खदी भन्ने स्थानमा घोडालाई ट्याक्टरले ठक्कर दिएको बिषयलाई लिएर युवाहरुको दुई समूहबीच झडप भएको थियो ।
रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी धुर्वकुमार श्रेष्ठका अनुसार झडपमा परि सोही वडा उपल्लो खदी गाउँका २६ बर्षीय गोपाल बिक र २८ बर्षीय राजन बिक गम्भीर घाइते भएका हुन् ।